राजनीति

माओवादीको बन्दसत्रमा ११ समूहको निष्कर्ष प्रस्तुत

१४ पुष २०७८, बुधबार १५:०७
माओवादीको बन्दसत्रमा ११ समूहको निष्कर्ष प्रस्तुत

१४ पुस, काठमाडौं । माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा बुधबार ११ समूहले छलफलको निष्कर्ष सुनाएका छन्। बाँकी १४ समूहको निष्कर्ष बिहीबार प्रस्तुत गरिनेछ।

बुधबार समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका सहिद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छ, तत्काल स्पष्ट कार्ययोजनाका साथ काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शान्ति सम्झौताका क्रममा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने भनिए पनि वर्षौं बित्दासमेत अवस्थामा कुनै सुधार आउन नसकेको गुनासोसमेत व्यक्त गरेका छन् ।

राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता एजेन्डा माओवादीको भए पनि नेतृत्व गर्ने स्थानमा नहुँदा जनताले वास्तविक अर्थमा लाभ हासिल गर्न नसकेको भन्दै पार्टीलाई पहिलो बनाउने योजना र कार्यक्रमको समेत माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्