भिडियो

अनु चौधारी र हर्क गहतराजको ” तिम्रै मनमा फुलिसके ” सार्वजनिक

१८ फाल्गुन २०८०, शुक्रबार १३:४५
अनु चौधारी र हर्क गहतराजको ” तिम्रै मनमा फुलिसके ” सार्वजनिक

काठमाडौँ। चर्चित गायिका अनु चौधारी र हर्क गहतराजको स्वरमा ” तिम्रै मनमा फुलिसके” शनिबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

गणेश बनको शब्द रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । उक्त गीतमा बिशाल निरौलाले संगीत एरेन्ज गरेका हुन्  । भिडियोमा  चर्चित मोडेल सनम कठायत र  सपना छेत्रीको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ ।

जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्