समाचार

प्रतिनिधिसभा बैठक बस्दै

१८ फाल्गुन २०८०, शुक्रबार ०४:१८
प्रतिनिधिसभा बैठक बस्दै

१८ फागुन, काठमाडौँ।सघीय संसद् अन्तर्गतको  प्रतिनिधि सभा बैठक शुक्रबार पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन्।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्