समाचार

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी

१८ फाल्गुन २०८०, शुक्रबार ०४:१४
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी

१८ फागुन, काठमाडौँ। सशस्त्र प्रहरीले प्राविधिक समूह स्वास्थ्यतर्फ २४ जना जनशक्ति भर्नाको लागि आवेदन आह्वान गरेको छ । स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान भएको हो ।

विभिन्न पदमा सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी निरीक्षकको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १८ गतेसम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्