समाचार

टिपरले टाटा सुमोलाई ठक्कर दियो, तीन जनाको मृत्यु

१८ फाल्गुन २०८०, शुक्रबार ०४:०७
टिपरले टाटा सुमोलाई ठक्कर दियो, तीन जनाको मृत्यु

१८ फागुन, काठमाडौँ। झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,पाँच जना घाइते भएका छन्।

बिहान साढे ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँकी ४४ वर्षीया दिपा खनाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए । उनीहरूको घट्ना स्थलर्मै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्