समाचार

नेपाली टिम आज स्वदेश फर्किँदै

१८ फाल्गुन २०८०, शुक्रबार ०४:०१
नेपाली टिम आज स्वदेश फर्किँदै

१८ फागुन, काठमाडौँ। राष्ट्रिय महिला फुटबल टिम साउदी अरेबियामा वाफ च्याम्पियनसिप खेलेर आज नेपाल आइपुग्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम राति ८:४५ बजे नेपाल आइपुग्ने भएको हो ।

वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो ।

योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औँ मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍याे ।

प्रतिक्रिया दिनुहोस्