समाचार

नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने

१७ फाल्गुन २०८०, बिहीबार ०७:२२
नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने

१७ फागुन,काठमाडौं। एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने भएको छ।

पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका छन्। उनीहरूले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्।  ‘जहाँ सङ्गीत जीवन्त हुन्छ’ भन्ने स्लोगन रहेको शो गायनमा नव प्रतिभा खोज्ने उद्देश्यले आयोजना हुँदै आएको हो । यो सिजनको अडिसन समेत सम्पन्न भैसकेको छ । देशभर भएका ओपन अडिसनदेखि जज राउन्ड अडिसन प्रसारण हुनेछ ।

पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको मञ्चलाई रोचक बनाउने एपी वानले जानकारी दिएको छ।

शोको पहिलो चरणको अडिसन झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्