समाचार

किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

१७ फाल्गुन २०८०, बिहीबार ०७:०३
किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

१७  फागुन, कैलाली। कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षका एक वृद्ध पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-१ शक्तिनगर शिविरमा बस्दै आएका ६० वर्षीय आशाराम चौधरीलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले बुधबार राति घरैबाट उनलाई पक्राउ गरेको हो। केही दिनअघि चौधरीले ती किशोरीलाई ललाई फकाई गाउँ नजिकैको कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्