समाचार

बेपत्ता युवा खोज्न सेती बाँध खोलिँदै, नदीको बहाव बढ्न सक्ने

१७ फाल्गुन २०८०, बिहीबार ०२:४४
बेपत्ता युवा खोज्न सेती बाँध खोलिँदै, नदीको बहाव बढ्न सक्ने

१७ फागुन,पोखरा। माछा मार्ने क्रममा पोखराको सेती नदीमा वेपत्ता युवकको खोजि गर्न ड्याम खोलिने भएको छ। कास्की प्रहरीले भोलि विहान ८ बजेदेखि ड्याम खोल्ने भएकाले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

गत फागुन १३ गते साँझ कास्की, पोखरा महानगरपालिका वडा नम्बर १ का सार्की लामा तामाङ (मानबहादुर) माछा मार्न जाने क्रममा बेपत्ता भएका थिए।

उनको खोजीका लागि बिहीबार बिहान ८ बजे सेती नदीको बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा बहाव बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन् । १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्