समाचार

नयाँ बसपार्कमा सामूहिक बलात्कार अपडेट: थप दुई जना पक्राउ

१४ पुष २०७८, बुधबार १४:२६
नयाँ बसपार्कमा सामूहिक बलात्कार अपडेट: थप दुई जना पक्राउ

१४ पुस, काठमाडौं । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ९ जना नै पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौ जना युवाले बलात्कार गरेका थिए।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३४ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए ।

पक्राउ पर्नेमा मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भएका २३ बर्षको हिक्मत नेपाली, सहि नगरपालिका घर भएका २२ वर्षको रतन नेपाली, छाँयानाथ वडा नं १० रोभा घर भएका १९ वर्षका दिपक नेपाली, वडा नं १० झाकोट घर भएका २३ वर्षको शिवहरि वुढा,  वडा नं १० झाकोट घर भएका वर्ष २४ को युवराज वढुवाल, वडा नं ११ झाकोट घर भएको २४ वर्षको चन्द्र साउद,  वडा नं १० वस्ने  वर्ष २५/२६ को हस्त नेपाली, वडा नं ६  लिउडी घर भएका २१ वर्ष सुरेश सेज्वाल, अर्घाखाँची जिल्ला सितगंगा  नगरपालिका वडा नं १२ घर वताउने जिल्ला कपिलवस्तु वुद्दभुमी वस्ने  ४३ को गोपाल कुमार शिरिषलाई १४ गते विहान पक्राउ गरेको छ ।

उपचारपछि ती महिलाले बसपार्कमा आफूमाथि सामूहिक बलात्कार भएको र ९-१० व्यक्ति रहेको मात्रै बताउन सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका ९ जनाले नै बलात्कार स्वीकार गरेका छन् । उनीहरु मुगुका रहेको प्रहरीले जनाएको छ ।

 बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्