अर्थ / वाणिज्य

जया कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१७ फाल्गुन २०८०, बिहीबार ०२:३४
जया कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

१७ फागुन,काठमाडौँ। शेयर बजारका लगानीकर्ताहरूका लागि आज (बुधबार) जया मल्टिपल कलेजमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पाही इन्भेष्टमेन्ट प्रा.लि ले आयोजना गरेको कार्यक्रममा कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिवृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको जनाएको छ।

पाही इन्भेष्टमेन्टका कार्यकारी अधिकृत कमल धिताल र कारोबार अधिकृत रन्जन पौडेलले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए ।

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै कार्यकारी अधिकृत धितालले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्