समाचार

माओवादीले फेर्‍यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ?

१६ फाल्गुन २०८०, बुधबार ०६:४७
माओवादीले फेर्‍यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ?

१६ फागुन,काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्ने गरी इन्चार्ज हेरफेर गरेको हो।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेको हो। प्रवक्ता अग्निप्रसाद सापकोटका अनुसार कोशीको इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रिकुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, बागमतीको इन्चार्ज अग्नीप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन्।

प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टीबी पाठक तथा प्रवास प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिए । बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको छ।

प्रतिक्रिया दिनुहोस्