राजनीति

एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

१५ फाल्गुन २०८०, मंगलवार ०३:००
एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

१५ फागुन,दमौली। नेकपा एकीकृत समाजवादी, तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ। सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो।

पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले  जानकारी दिए। उनले भने, ‘जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।’

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्