समाचार

लघुवित्त पीडित संसद भवन प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन

१५ फाल्गुन २०८०, मंगलवार ०२:३८
लघुवित्त पीडित संसद भवन प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन

१५ फागुन,काठमाडौँ ।बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

समितिमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन् । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक चलिरहेका बेला लघुवित्तका पीडितहरू परिसरमै पुगेका थिए।

समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको बाताइएको छ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्