राजनीति

सरकारले भूकम्प प्रभावितको पुनः निर्माणमा आवश्यक चासो नै दिएन : शर्मा

१४ फाल्गुन २०८०, सोमबार ०६:५९
सरकारले भूकम्प प्रभावितको पुनः निर्माणमा आवश्यक चासो नै दिएन : शर्मा

१४ फागुन,काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारले पश्चिम भूकम्पपीडितहरूको अस्थायी आवासमा आवश्यक ध्यान दिन नसकेको भन्दै ध्यानार्षण गराएका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकारले बेलैमा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको हो । उहाँले भूगर्भको अध्ययन गरी पश्चिम रुकुम र जाजरकोटमा भूकम्प पीडितमा परेको समस्या समाधान गर्न जरुरी रहेको बताए।

उनले भौतिक संरचनाहरु क्षतविक्षत भएका, पानीको मुल सुकेको, विद्यालयहरु क्षतविक्षत भएको, विद्युत लाइन जोड्न अझै नसकिएको र सञ्चारको समस्या उस्तै रहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणको काममा अझै ढिलो गर्ने हो भने झनै समस्या निम्तिने बताए ।

प्रतिक्रिया दिनुहोस्