समाचार

भोलि बिहीबार सार्वजनिक बिदा

१४ पुष २०७८, बुधबार ०९:४६
भोलि बिहीबार सार्वजनिक बिदा

१४ पुस, पोखरा। गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

‘गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को  अवसरमा सार्वजनिक बिदा दिने’ गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार’ हुने बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्