समाचार

सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता

१४ फाल्गुन २०८०, सोमबार ०६:४४
सेती नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक बेपत्ता

१४ फागुन, कास्की। कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ, भने एकको खोजी कार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये नदीमा बगेर बेपत्ता भएका पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मङ्गा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले भेटाएको हो । एकै ठाँउका ४३ वर्षका रक्सेस तामाङ्गको भने खोजी भइरहेको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्