समाचार

विवादित मन्त्रीलाई संसदमा जवाफ दिन कसले रोक्यो- रवि लामिछाने

१४ फाल्गुन २०८०, सोमबार ०६:४०
विवादित मन्त्रीलाई संसदमा जवाफ दिन कसले रोक्यो- रवि लामिछाने

१४ फागुन, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा उनले विवादित मन्त्रीहरूले आफूहरूमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । लामिछानेले सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै मन्त्रीहरूलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ भनी प्रश्नसमेत गरे ।

उनले सार्वभौम संसदलाई लडाइ र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ भनी प्रश्नसमेत गरे । लामिछानेले एनसेल खरिदबिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्