समाचार

नेपाली चिकित्सबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

१३ फाल्गुन २०८०, आईतवार ०७:३५
नेपाली चिकित्सबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

१३ फागुन, काठमाडौँ। त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्कसहरूको टिमले नै दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालका डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले शिक्षण अस्पतालमा दोस्रोपटक दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको हो।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार नेपाली चिकित्सक टिमले २७ माघमा चितवनको ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई १६औं दिन (आइतबार) डिस्चार्ज गरिंदै छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् ।

चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए। ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन्। १६ दिनपछि ती बिरामी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नेपालमै पहिलो पटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर अबदेखि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले नै कलेजो प्रत्यारोपण गर्न समक्ष भएको डा. भण्डारीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा १८ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसयताको अवधिमा बीचको केही समय कोरोना महामारीले प्रत्यारोपण निरन्तरतामा अवरोध सिर्जना गरेको थियो ।

‘अहिलेसम्म १२ औं बिरामीमा कलेजो प्रत्यारोपण सफल भएको छ । अब महिनामा एक वटासम्म कलेजो प्रत्यारोपण योजना बनाएका छौं,’ डा. भण्डारीले भने ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्