खेलकुद

लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

१३ फाल्गुन २०८०, आईतवार ०६:३१
लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

१३ फागुन, काठमाडौँ। नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ।

आज नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ९ बजेदेखि सुरुहुने छ । जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो ।

नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो । नेदरल्याण्ड्स  नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजिमा हुने छ । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्।

जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले २ खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ। लिग-२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्