समाचार

नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

१४ पुष २०७८, बुधबार ०३:४६
नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

१४ पुस, काठमाडौं । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौ जना युवाले बलात्कार गरेका थिए।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । रतन नेपाली सुरेश सेजुवाल, दिपक नेपाली शिवहरी बुढा, युवराज बडुवाल र   अर्घाखाँची सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरेको छ।

सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्