समाचार

सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१३ फाल्गुन २०८०, आईतवार ०६:२७
सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१३ फागुन, काठमाडौँ । बुक बिल्डिङ प्रक्रियामार्फत् सर्वोत्तम सिमेन्टले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले आज निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यो अनिवार्य हो । ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन ।

आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले आज निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न पाइने छैन ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्