प्रदेश

भ्रष्टाचार मुद्दा लागेपछि लुम्बिनीका प्रदेशसभा सांसद यादव निलम्बित

१२ फाल्गुन २०८०, शनिबार १२:३०
भ्रष्टाचार मुद्दा लागेपछि लुम्बिनीका प्रदेशसभा सांसद यादव निलम्बित

१२ फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ (ख)मा निर्वाचित सांसद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि निलम्बनमा परेका हुन् ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि सांसद यादव स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले शनिवार सूचना जारी गर्दै भनेको छ । उनी पूर्वयातायात तथा उद्योगमन्त्रीसमेत हुन् ।

वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्