राजनीति

नेकपा (एस)द्वारा स्थानिय जनप्रतिनिधलाई प्रशिक्षण कार्यक्रम

१२ फाल्गुन २०८०, शनिबार ११:३९
नेकपा (एस)द्वारा स्थानिय जनप्रतिनिधलाई प्रशिक्षण कार्यक्रम

१२ फागुन, काठमाडौं । नेकपा समाजवादी ( एकीकृत समाजवादी)ले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु  लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

अभिमुखीकरण कार्यक्रमलाई पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए ।

अध्यक्ष नेपालले उक्त कार्यक्रमा सबै निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिएर कार्यक्रमा उदघटान गरेका थिए ।

उनले भने एक चोटी मात्र होइन अर्को पटक पनि निर्वाचन जित्ने गरी काम गर्नु होस्। सरकारसँग प्राप्त बजेट छैन। सानो बजेटमा पनि हामीले जनतालाई खुशी बनाए र दोस्रो कार्यकाल जित्ने गरी काम गर्न समेत अध्यक्ष नेपालले बताए । बजेट भए पनि हामीले नपाएको अवस्थामा जनतालाई कसरी खुसी बनाउने, कसरी जनता बीच चर्चामा आउने, आफ्नो क्षेत्रमा स्वास्थ्य,शिक्षा, यातायत र रोजगारीलाई मध्य नजर गरेर काम गर्नेसमेत उनले बताए ।

नेकपा (एस) पार्टी कसरी टुक्रियोको बारेमा समेत चर्चा गरेका थिए । पार्टी टुक्रिए पनि देशभरबाट ठुलो सफलता हासिल गरेको छ । हामीले जम्मा ९४६ ठाउँमा जीत हासिल गरेको छ । जासमा हामीले १ महानगरपालिका, १ उप-महानगरपालिका, १० नगरपालिका प्रमुख, ९ गाँउपालिका प्रमुख, ५ जिल्ला समन्वय समिति प्रमुख र १२ जिल्ला समन्वय समिति उप – प्रमुख गरी देशभर ९४६ सिट जित्न सफल भएका छौं।

धेरै ठाउँमा हामीले उम्मेद्वार दिए पनि गठबन्धनबाट अन्तर्घात भएको र कतै अरूको चिह्नबाट पनि हामीले चुनाव जितेका छौं ।

एकीकृत समाजवादीको केन्द्रीय स्यानिय तह विभागको तर्फबाट दिइने प्रशिक्षणमा जिल्ला समन्वय समिति प्रमुख र उप- प्रमुख, नगरपालिकाका प्रमुख र उप-प्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्