समाचार

एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद् बैठक स्थगित

११ फाल्गुन २०८०, शुक्रबार ०६:४४
एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद् बैठक स्थगित

११ फागुन,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल एमाले  र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

सभामुख घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन्।   नेकपा एमाले, राप्रपालगायतले विरोध जनाएका छन्। दलहरूले मन्त्रीहरूको राजीनामा माग गर्दै विरोध जनाएका हुन्। बालकुमारी घटना, टेरामक्सलगायत घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ माग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्