भिडियो

सनम कठायतको “पराईकी रानी” सार्वजनिक

१० फाल्गुन २०८०, बिहीबार ११:५५
सनम कठायतको “पराईकी रानी” सार्वजनिक

काठमाडौं । प्रसिद्ध गायक राज सिग्देलको आवाजमा रहेको निकै मिठो गीत “पराईकी रानी” उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्