समाचार

गठबन्धनले सत्ता टिकाउने प्रतिस्पर्धीलाई समाप्त गर्नुपर्ने -सिके राउत

१० फाल्गुन २०८०, बिहीबार ०८:१८
गठबन्धनले सत्ता टिकाउने प्रतिस्पर्धीलाई समाप्त गर्नुपर्ने -सिके राउत

१० फागुन,काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा चरम निराशा व्याप्त रहेको बताए । उनले भने, ‘म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतै पनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छैन ।

राउतले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए । उनले प्रतिनिधिसभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्