समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ

१० फाल्गुन २०८०, बिहीबार ०६:११
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ

१० फागुन,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ।

माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्