समाचार

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

१४ पुष २०७८, बुधबार ०१:४०
१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

१४ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले १३ हजार ९३ प्राथमिक शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ ।

आयोग स्रोतका अनुसार आयोगले उक्त निर्णय गरिसकेकाले विज्ञापन बुधबार गोरखापत्रमा र आयोगको वेबसाइटबाट सार्वजनिक गरिने छ ।

आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४७ र निम्न माध्यामिक तहका लागि दुई हजार पाँच सय ९८ पदका लागि यस अघि नै विज्ञापन खुला गरिसकेको छ ।

इच्छुक उम्मेदवारले आजदेखि १३ माघसम्म नियमित शुल्कमा र २० माघसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने छन् । परीक्षार्थीले अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले आन्तरिक तर्फको बढुवाको विज्ञापन पनि यसै महिनाको अन्तिम सम्ममा गर्ने तयारी गरिरहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आयोगले आगामी चैत्र सम्ममा सबै तहको विज्ञापन गर्ने गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्