मुख्य समाचार

कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

८ फाल्गुन २०८०, मंगलवार १२:१६
कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

८ फागुन, काठमाडौँ। नगर विकास कोष र खाँडाचक्र नगरपालिका बीच बहुउद्देश्यीय भवनको सम्झौता भएको छ ।

कर्णाली प्रदेशको पहिलो नगरपालिका बहुउद्देश्यीय भवन बन्ने भएको छ । २५ करोड ५३ लाख ३५ हजार (२५५३३५०००) लागतमा बहुउद्देश्यीय नगरपालिका भवनको सम्झौता भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र खाँडाचक्र नगरपालिकाको तर्फबाट मेयर कमल बहादुर शाही र उप- मेयर गणेश बहादुर शाही, नि. प्रमुख प्रसशाकीय अधिकृत प्रवलज‌ंग शाही, लेखापाल धिर वहादुर शाही बीच आज सम्झौता भएको हो ।

लगभग ९ करोड ऋण (नगर विकास) ४ करोड अनुदान( नगर विकास ) बाँकि १२ करोड नगरपालिकाले बेहोर्ने गरि सम्झौता गरिएको छ ।

नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन सहित नगरपालिकालाई आन्तरिक आय आर्जन गर्ने उद्देश्यले निर्माण हुन गैरहेको यस बहुउद्देश्यीय भवन नगरपालिकाका लागि महत्वपूर्ण आयोजना भएकोले यस आयोजनालाई गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्न प्रतिबद्धता नगर प्रमुख कमल बहादुर शाहीले बताएका छन् ।

नगरपालिकाहरुको पूर्वाधार विकासमा वित्तिय तथा प्राविधिक सहयोग गरी नगरपालिकालाई सक्षम र सबल बनाउने कोषको उद्देश्यसँगै कालीकोट जिल्लामा निर्माण हुने यो आयोजना कोषको लागि समेत नमूना आयोजना भएको बताउँदै यस आयोजनाको डिजाईनको चरण देखि नै बहत् रुपमा छलफल गरी अन्तिमरुप दिईएकोले आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि नगरपालिकाले प्राविधिक तथा वित्तीय पक्षलाई प्राथमिकता सहित गुणस्तरीयरुपमा व्यवस्थापन गनुेपर्नेमा कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्