समाचार

तातोपानी भन्सार गोदाममा थन्कियो रासायनिक मल

८ फाल्गुन २०८०, मंगलवार ०६:२६
तातोपानी भन्सार गोदाममा थन्कियो रासायनिक मल

८ फागुन, काठमाडौं। चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ ।

१११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन्।

भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो। सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ। ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस्