समाचार

नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने

८ फाल्गुन २०८०, मंगलवार ०६:१९
नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने

८ फागुन, काठमाडौं। भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सीमकार्ड पाउने बताएका छन्। ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ।’

नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन्।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिमकार्ड लिन सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्