समाचार

एकै दिन करिब १२ लाख कोरोना संक्रमित थपिए

१४ पुष २०७८, बुधबार ०१:१२
एकै दिन करिब १२ लाख कोरोना संक्रमित थपिए

एजेन्सी । ओमिक्रोन कोरोना संक्रमण दिनप्रतिदिन झन तिब्र बढेको छ । विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् । अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ९५ हजार ७०१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् । यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्