खेलकुद

तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे

६ फाल्गुन २०८०, आईतवार १३:३२
तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे

६ फागुन, काठमाडौँ। इङ्ल्यान्डसँगकाे तेस्राे टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनकाे फराकिलाे  अन्तरले विजयी भएकाे छ । टेस्ट क्रिकेटमा रनकाे आधारमा भारतकाे याे सबैभन्दा ठूलाे जित हाे ।

जितको लागि ५५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १२२ रनमा अल आउट भयो । इंग्ल्यान्डका मार्क वुडले १५ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाउँदै टोलीको १ सय रन कटाएका थिए । जो रुट ७, जोनी बेयरस्टो ४ र बेन स्टोक्स १५ रनमा आउट भए ।

भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाएकाे अवस्थामा दाेस्राे इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । दाेस्राे इनिङ्समा भारतका यशस्वी जयसवालले दाेहाेराे शतक बनाए । यस्तै शुभमन गिलले ९१, सरफराज खानले नट आउट ६८ रन बनाए । इङ्ल्यान्डका जाेए रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिए ।

पहिलाे इनिङ्समा भारतले कप्तान राेहित शर्मा र रविन्द्र जडेजाकाे शतककाे मद्दतमा ४ सय ४५ रन बनाएकाे थियाे । इङ्ल्यान्डका मार्क वूडले ४ विकेट लिए । पहिलाे इनिङ्समा इङ्ल्यान्डले बेन डकेटकाे शतककाे मद्दतमा ३ सय १९ रन बनाएकाे थियाे । भारतका माेहम्मद सिराजले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्