समाचार

अध्यक्ष अनिलद्वारा भार्तागाड खोलामा पक्की पुल शिलान्यास

६ फाल्गुन २०८०, आईतवार १३:२३
अध्यक्ष अनिलद्वारा भार्तागाड खोलामा पक्की पुल शिलान्यास

६ फागुन, कालिकोट। आज शुभकालिका वडा नम्बर २ र ४ अवस्थित सरी पन्तडी सडक खण्ड अन्तर्गत भार्तागाड खोलाको पक्की पुलको सिलान्यास गरिएको छ ।

उक्त पक्की पुलको सिलान्यास गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्य(अनिल)द्वारा सिलान्यास गरि शुभमुहूर्त गरिएको छ।

शुभकालिकाकै भार्तागाड बर्सेनि बर्खामा पानीको बाहफ बढेसंगै यहाँका जनतालाई आवाज जावज गर्न निकै कठिनाइ हुने गरेको अध्यक्ष आचार्यले बताए। गाउँमा सुविधा सम्पन्न  बाटोघाटो भएता पनि आर्थिक अभावको कारण यो पुल निर्माण गर्न सकिएको उनले बताए ।

त्यस्तै, गाउँवासी बर्खा याममा यो बाटोमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। यो सडकमा पुल निर्माण नहुँदा सवारीसाधनलाई समेत कष्टकर असहज भएको अध्यक्षले बताए।

उक्त पुल २ बर्ष भित्र पुल निर्माण हुने छ।

प्रतिक्रिया दिनुहोस्