खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

५ फाल्गुन २०८०, शनिबार १३:३५
नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

५ फागुन, काठमाडौँ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जित निकालेको छ।

जितसँगै नेपाल विश्वकप लिग २ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिववसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सबाट पाएकाे १ सय ३८ मध्यम लक्ष्य नेपालले १५ ओभर ई बलमा एक विकेटकाे क्षतिमै भेट्टायाे । शानदार ओपनिङ गरेका कुशल भुर्तेल ११ बलमा २८ रन जोडेर आउट भएका थिए । अनिल साहले ५७, आसिफ शेखले ५४ रनकाे योगदान गरे ।

त्यसअघि ३९ ओभरमा अलआउट हुँदै नेदरल्याण्ड्सले १ सय ३७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट हुँदा कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । ४९ बलको सामना गरेका उनले १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबचर्टले २३ रन बनाए । नोआ क्रोएसले १२ रन बनाउन सफल भए । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

स्पिनर चम्किँदा नेपालले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्‍याे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट हुँदा कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । ४९ बलको सामना गरेका उनले १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबचर्टले २३ रन बनाए । नोआ क्रोएसले १२ रन बनाउन सफल भए । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेपालका लागि पार्ट टाइम स्पिनर कुशल भुर्तेलले ४ विकेट लिए । फूल टाइम बलर ललित राजवंशीले २ विकेट लिए । बलिङ अलराउन्डर सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्