समाचार

बलात्कार आरोपमा ४० वर्षीय पुरुष पक्राउ

५ फाल्गुन २०८०, शनिबार १३:१२
बलात्कार आरोपमा ४० वर्षीय पुरुष पक्राउ

५ फागुन, काठमाडौँ। कञ्चनपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र राना छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रानाले ती महिलालाई गत माघ २३ गते बेलौरी नगरपालिका ७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

३० वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको माघ २३ गते उनले बेलौरी–७, पौलाहस्थित उखुबारीमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्