जीवनशैली

शास्त्र अनुसार बुधबार यी कार्य गर्दा शुभफल प्राप्त

१४ पुष २०७८, बुधबार ००:५७
शास्त्र अनुसार बुधबार यी कार्य गर्दा शुभफल प्राप्त

काठमाडौं । हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) काे पूजा गरिन्छ।

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।बुधबारका दिन के गर्ने ? बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ।
  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
  • बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाईन्छ ।
  • बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

प्रतिक्रिया दिनुहोस्