समाचार

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा १ वर्षका उपलब्धिहरू सार्वजनिक 

४ फाल्गुन २०८०, शुक्रबार ११:०५
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा १ वर्षका उपलब्धिहरू सार्वजनिक 

४ फागुन, काठमाडौँ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ ।

आज नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो ।  ठ्याक्कै एक वर्ष अगाडी २०७९ साल फाल्गुन ४ गते प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव लगायत सदस्यहरूको नियुक्ति भएको थियो ।

सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले एक वर्षमा भएका कामहरूको बारेमा कार्यक्रममा जानकारी गराएकी थिइन् ।  साथै, १ वर्षमा भएका कामहरूलाई भिडियो प्रिजेन्टेसन मार्फत पनि देखाइएको थियो ।  सीमित बजेटको कारण सोचेजति कामहरू गर्न नसके पनि उपलब्ध बजेटबाट अधिकतम कामहरू गर्न सफल गरेको सदस्यसचिव महराको दाबी थियो ।

साथै, उपकुलपति शम्भु राईले सीमित आर्थिक श्रोत, साधनले गर्दा काम गर्न कठिनाइ रहेको बताएका छन्  ।  साथै, परम्परागत तरिकालाई परिवर्तन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

कुलपति निशा शर्माद्वारा १ वर्षमा गर्न खोजिएका कार्यक्रमका साथै आगामी वर्ष गर्ने खोजेका कार्यक्रमको बारेमा जानकारी गराइएकी थिइन् ।  बजेट अभावको कारण खुम्चिनु  परेको कुलपति शर्माको धारणा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्