समाचार

मोटरसाइकल र ट्र्याक्टरसंग ठोक्किँदा महिलाको मृत्यु

४ फाल्गुन २०८०, शुक्रबार ०७:२१
मोटरसाइकल र ट्र्याक्टरसंग ठोक्किँदा महिलाको मृत्यु

४ फागुन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्