समाचार

ललिता निवासमा अदालतको फैसला ऐतिहासिक : गृहमन्त्री

४ फाल्गुन २०८०, शुक्रबार ०७:१८
ललिता निवासमा अदालतको फैसला ऐतिहासिक : गृहमन्त्री

४ फागुन, काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको फैसलापछि नेपाली जनतालाई बधाई र विशेष अदालतलाई धन्यवाद दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन्।

बालुवाटार जग्गा प्रकरणमा जोडिएका बिचौलिया र कर्मचारीलाई विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि श्रेष्ठले प्रसन्नता व्यक्त गरेका हुन्

‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्