समाचार

ललिता निवास: मन्त्रीहरुहरूलाई सफाइ, मिनबहादुरसहित १२ दोषी ठहर

३ फाल्गुन २०८०, बिहीबार १५:२४
ललिता निवास: मन्त्रीहरुहरूलाई सफाइ, मिनबहादुरसहित १२ दोषी ठहर

३ फागुन, काठमाडौँ।ललितानिवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारहित पूर्वमन्त्रीहरूले सफाइ पाउँदा दीप बस्न्यातसहितका कर्मचारीहरू भने दोषी ठहर भएका छन् ।

विशेष अदालतले पूर्वउपप्रधानमन्त्री गच्छदार तथा पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाइ दिएको छ।  मालपोत कार्यालय डिल्ली बजार र भूमिसुधार कार्यालयका तत्कालीन कर्मचारीहरू र बिचौलियाहरूलाई भने विशेषले दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विशेषले शाेभकान्त ढकाल,रामकुमार सुवेदी,मिनबहादुर गुरुङसहितलाई दाेषी ठहर गरेकाे छ । उनीहरुलाई कैद र  बिगाे तथा जरिवानाकाे फैसला पनि सुनाएकाे छ । विशेषले फैसलाका पूर्णपाठ भने सार्वजनिक गरेकाे छैन । हाल ठहर खण्डकाे सक्षिप्त फैसला भने सर्वजनिक भएकाे छ ।

यसैगरी सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी पनि दोषी ठहर भएका छन्। तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पनि यो प्रकरणमा दोषी ठहरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्