समाचार

महासमितिमा पेस हुने प्रस्तावमाथि कांग्रेसमा छलफल, केन्द्रीय सदस्यको सुझाव समेटिने

३ फाल्गुन २०८०, बिहीबार १५:१५
महासमितिमा पेस हुने प्रस्तावमाथि कांग्रेसमा छलफल, केन्द्रीय सदस्यको सुझाव समेटिने

३ फागुन, काठमाडौँ। नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस भएका छन् ।

 बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।

साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रश्ताव र समग्र नीतिकासम्बन्धी प्रश्तव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रश्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रश्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रश्ताव पेस गरेको बताए ।

उनले भने, ‘हाम्रो केन्द्रिय समितिको बैठक बस्दैछ । आज दुई, तीन वटा प्रश्तावहरु पेस भएका छन् । मैले सरकारको तर्फबाट आर्थिक स्थिति के छ, के गरिरहेको छ, भोलिको दिनमा के गर्ने भन्नेकुरामा सरकारको तर्फबाट आफ्ना कुराहरू राख्यौँ । विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीको तर्फबाट लिखित प्रश्ताव पेस गरेकाथिए ।

प्रश्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको छ । समग्र नीतिका विषयमा उपसभापतिज्युले प्रश्ताव केन्द्रिय समितिको बैठकमा छलफलका लागि प्रस्तुत गर्नुहुनेछ । आज यी ४ प्रश्ताव पेस हुनेछन् । भोलि यसमा छलफल हुनेछन् । समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ ।’

प्रतिक्रिया दिनुहोस्