अन्तर्वार्ता

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न

२ फाल्गुन २०८०, बुधबार ०८:०२
पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न

२ फागुन काठमाडौं। पाही इन्भेष्टमेन्टले आज फागुन २ गते सरस्वतीको पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ ।

आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि द्वारा विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र नि:शुल्क डीम्याट खाता अभिनयसमेत गरिएको थियो।

पाही इन्भेष्टमेन्ट प्रा.लिले सञ्चालन गरेको लगानीकर्ता शेयर सचेतना कार्यक्रम र नि:शुल्क डीम्याट खाता अभिनय विहान १०ः३० बजे पुल्चोक इन्जिनियर कलेज र ११ बजे थापाथली इन्जिनियर कलेज आयोजना गरेको हो ।

लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा कार्यक्रममा साथै लगानीकर्ताहरुसँग रहेका शेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा पाही इन्भेस्टमेन्ट प्रा.लिका तर्फबाट अध्यक्ष इन्द देव यादव, पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादव तथा कार्यकारी निर्देशक कमल घितालले लगानीकर्ता शेयर सचेतना कार्यक्रम  प्रदान गरेका थिए।

कार्यक्रमको सम्बन्धमा बोल्दै पाही इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इन्द देव यादवले भने “शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा जानकारी दिए।”

साथै उनले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव कार्यक्रममा सहभागी भएकालाई जानकारी दिइएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादवले भने “शेयर बजार भनेको अनुभव हुनेले पैसा कमाउने हो र पैसा हुनेले अनुभव कमाउने हो। विद्यार्थीहरुलाई लगायत सबैलाई सानो सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह समेत गरेका थिए।

शेयर बजारको विना ज्ञान लागानी गर्दा लगानी डुव्ने खतरा भएकाले आफुले लगानी गर्न चाहेको कम्पनीको वारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिनु पर्ने पाही इन्भेष्टमेन्टका कार्यकारी निर्देशक कमल घितालले बताए । साथै, पुँजी कम लागत तथा सर्वसुलभ रूपमा उत्पादनशील क्षेत्रमा परिचालनका लागि के के भइरहेको छ र धितोपत्र बजार कसरी सुरु भएको हो भन्ने जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्