समाचार

माओवादी विधान अधिवेशनः समूहगत छलफल जारी

२ फाल्गुन २०८०, बुधबार ०३:००
माओवादी विधान अधिवेशनः समूहगत छलफल जारी

२ फागुन, काठमाडौँ। राजधानीमा मंगलबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।

सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले  जानकारी दिए । माओवादीको विधान अधिवेशन मंगलबारदेखि राजधानीमा सुरु भएको थियो ।

बुधबार अपराह्न १ बजेसम्म समूहगत छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न निर्देशन दिइएको छ । बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

बिहीबारसम्म चल्ने सम्मेलनमा १ हजार २ सयभन्दा बढी नेता कार्यकर्ता सहभागी छन् । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर–भौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्