समाचार

पाल्पा जिप दुर्घटनामा मृत्यु हुने १० जनाको सनाखत

२ फाल्गुन २०८०, बुधबार ०२:४०
पाल्पा जिप दुर्घटनामा मृत्यु हुने १० जनाको सनाखत

२ फागुन, पाल्पा। पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन। तिनाउँ गाउँपालिका-६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मंगलबार साँझ दुर्घटनामा परेको थियो। अनियन्त्रित भएर जीप सडकबाट करीब तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका-६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ-६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका-१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन्।

त्यसैगरी मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रबहादुर रणपाल र ६० वर्षीया तुना रणपाल छन्।

त्यस्तै, पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ६१ वर्षीया दिलकुमारी सुनार, ६६ वर्षीया बिष्णुकला कामी, तिनाउ वडा नं ६ बस्ने २० वर्षीय गिता सुनारको उपचारको क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये एक जनाको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्