समाचार

प्रत्यक्ष निर्वाचनबाट पार्टी कमिटी निर्माण गर्न प्रचण्डको प्रस्ताव

१ फाल्गुन २०८०, मंगलवार ११:२३
प्रत्यक्ष निर्वाचनबाट पार्टी कमिटी निर्माण गर्न प्रचण्डको प्रस्ताव

१ फागुन, काठमाडौं।नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् ।

मंगलबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे टुंगो लगाउने जिम्मा हललाई नै दिएको बताए ।

स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मको पार्टीका संरचनामा चुनाव हुनुपर्ने माग भएकोले यस विषयलाई हलले नै टुंग्याउने उनले बताएका हुन् ।

‘पार्टीमा भएको छलफल, माग र अनुभवले पनि पार्टीका स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मका संरचना निर्वाचित गर्नुपर्ने हुन्छ’ उनले भने, ‘प्रत्यक्ष भन्दै गर्दा समावेशीता पनि हेर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वको लागि कति प्रतिशत राख्ने भन्ने विषयलाई हलले नै टुंग्याओस् ।’

प्रतिक्रिया दिनुहोस्