समाचार

नवलपरासीमा ११ वर्षीय नाति र हजुरबुवा मृत फेला

१ फाल्गुन २०८०, मंगलवार ११:२०
नवलपरासीमा ११ वर्षीय नाति र हजुरबुवा मृत फेला

१ फागुन, काठमाडौं। पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै स्थानमा मृत फेला परेका छन् ।​

सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र उनका नाति वर्ष ११ का गौचरण चमार आज बिहान आफू बस्दै आएको घर नजिकै मृत फेला परेका हुन् ।

मंगलबार बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्