भिडियो

रमेश किशोर ढकालको स्वरमा ‘तिमि नभए’ सार्वजनिक

२९ माघ २०८०, सोमबार १६:०९
रमेश किशोर ढकालको स्वरमा ‘तिमि नभए’ सार्वजनिक

काठमाडौँ। रमेश किशोर ढकालको स्वरमा ” तिमि नभए” आइतबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

राजकुमार बगरको शब्द र संगीत रहेको गीतमा राजु कार्कीले संगीत एरेन्ज गरेका हुन्  । चर्चित मोडेल सनम कठायत र कबिता न्यौपानेको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ ।

जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ। भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्