समाचार

भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय

२९ माघ २०८०, सोमबार ०८:३०
भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय

२९ माघ, काठमाडौँ। सरकारले १ फागुनमा सार्वजनिक बिदा नरहेको बताएको छ ।

सोमबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले १ फागुनमा सार्वजनिक बिदा कायम नरहेको जानकारी दिएका हुन् ।  यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।

तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ।

सर्वोच्चले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

प्रतिक्रिया दिनुहोस्